१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
Invalid date format o५:५३:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

असार ७ देखि १३ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५३:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असार ७ गते शनिबारदेखि असार १३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैँलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रास आउनेछ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनुपर्ने हुन सक्छ । यतिवेला आर्थिक लगानी गर्नु भरपर्दो देखिँदैन । सामान हराउने वा धननाशको सम्भावना रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । महत्वाकांक्षी योजनामा हातहाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामाजिक कार्यमा नेतृत्वदायी भूमिका बहन गर्नुपर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ, समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनमध्ये आजको दिन विशेष महत्वको दिन रहनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत रहेको छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा बसाइँ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार–व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खानपानको असावधानीले स्वास्थ्यसमेत कमजोर बन्ने देखिन्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारीसाधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ मित्रता र प्रेमको बन्धन कसिने वेला छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचारको आगमनले मन प्रसन्न रहने दिन छ । शत्रुहरू पराजित हुनेछन् । आत्मबल बढ्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहनेछ । समाजसेवाको कामबाट लाभ हुनेछ । सुख–सुविधा, र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुने संकेत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साताको अन्त्यमा सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाइ र नातागोताको सहयोग प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । बिहीबारदेखि घरपरिवारमा खुुसीको वातावरण सिर्जना हुनेछ । नयाँ जिम्मेवारी प्राप्तिको योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानि व्यहोर्नुपर्छ र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग रहेको छ । छात्रछात्राले रमाइलोमा भुलिनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । बुधबारदेखि वैदेशिक क्षेत्रबाट लाभ मिल्ने योग छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  केही मात्रामा खर्च बढ्नेछ । शरीरमा आलस्यता जाग्नेछ । नयाँ कार्य थालनी हुने योग रहेको छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । धैर्यले काम लिने समय छ । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । खर्चमा नियन्त्रण गर्नुपर्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । तर्क–वितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहनेछ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा–रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । नयाँ कार्यमा लगानी गर्दा फाइदा हुने योग छ ।