१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २ सोमबार १६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कलंकीमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १६:२१:oo

काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । सोमबार १२ः५० को समयमा स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिल्लरमा ठोक्किएर भ्यान दुर्घटनामा परेको हो । 

दुर्घटनामा सर्लाही  स्थायी घर भई कुलेश्वर  बस्ने नाै वर्षीया  सोनाक्षी यादवको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

दुर्घटनामा सर्लाहीको लालबन्दी स्थायी घर भएकी आठ वर्षीया रेश्मा मोक्तान, रामेछापकी नाै वर्षीया नेसिया थापा, कीर्तिपुरकी नाै वर्षीया निशिका डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खडका,  गुल्मीकी नाै वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन्।  

सो विद्यालयका प्रध्यानाध्यापक तनहुँ स्थायी घर भएका ४६ वर्षीय सुरज पोख्रेल तथा गाडीचालक धनुषाका ६० वर्षीय  हर्कबहादुर कार्की पनि घाइते भएका छन् ।

गाडीमा चालक मात्र सवार थिए। प्रध्यानाध्यापक तथा विद्यार्थीहरू स्कुलको गेटछेउमा रहेका र गाडीले ठक्कर दिएको एसपी अपिलराज बोहराले बताए। 

प्रहरीका अनुसार चार दिनअघि मात्र विद्यालयले सो इभी भ्यान खरिद गरेको थियो । चालक इभी गाडी चलाउन अभ्यस भइसकेका थिएनन् । जसकारण दुर्घटना भएको आकलन गरिएको छ । सो गाडीमा अभ्यस्त नहुँदा एक्सिलेटर थिच्नेबित्तिकै गाडी हुत्तिएर दुर्घटना भएको चालकले बताएका छन् ।