१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
दीपक भट्ट रामेछाप
२o८२ असार ७ शनिबार ११:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्थलीको फुलासीमा दुईजना क्षयरोगका बिरामी भेटिए

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार ११:o४:oo

मन्थली नगरपालिका–१४ फुलासीमा बिहिबार गरिएको एकदिने निःशुल्क डिजिटल एक्स–रे मेसिनबाट परिक्षण गर्दा दुई जनामा क्षयरोग (टिभी) का बिरामी भेटिएका छन् ।

मन्थली नगरपालिकाको आयोजना र स्वास्थ्य निर्देशनालय हेटौँडाको समन्वयमा गरिएको परीक्षणमा दुइसय ११ जना विरामीको परीक्षण गरिएको थियो । जसमध्ये एक महिला र एक पुरुष गरी दुुई जनामा क्लिनिकल डाइग्नोसिसबाट क्षयरोग पुष्टि भई तत्काल औषधि सुरु गरिएको मन्थली नगरपालिका क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रमका संयोजक भुवन थापाले जानकारी दिए । 

उनका अनुसार परीक्षणमा आएकाहरुमध्ये थप ९ जना बिरामीमा शंकास्पद देखिएकाले ती विरामीहरुको परीक्षणका लागि रगत संकलन गरिएको छ । यसअघि क्षयरोग लागि नियमित औषधी खाएर निको भएता पनि पाँचवर्ष नपुगेका पाँच जनाको रगत संकलन गरी पुनः परीक्षणका लागि पठाइएको संयोजक थापाले बताए । 

क्षयरोग (टिभी) लागेका विरामीले नियमित औषधी सेवन गरे निको हुने गर्दछ । क्षयरोग नियन्त्रणका लागि स्थानीय स्तरमा नै आधुनिक प्रविधि मार्फत परीक्षण गर्ने र विरामी फेला पारे तत्काल उपचारको प्रवन्ध मिलाउने व्यवस्था गरिएको क्षयरोग मुक्त नेपाल अभियानका संयोजक थापाले जानकारी दिए ।