१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार o९:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाकिम जाँच दिन काठमाडौं जाने भएपछि सेवा नै बन्दकाे सूचना, विरोधपछि खोलियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार o९:४९:oo

इलाका प्रशासन कार्यालय लमहीका कार्यालय प्रमुख अनिल रिजाल परीक्षाका लागि काठमाडौं जाने भएपछि सेवा नै बन्दको सूचना निकालियो। बिहीबार शाखा अधिकृत रिजाल आफैँले कामविशेषले काठमाडौं जाने भएपछि आठ दिनसम्म सेवा ठप्प हुने भनी सूचना जारी गरे ।

६ असारदेखि १३ असारसम्म नागरिकता वितरण, नाबालक परिचयपत्र जारी तथा प्रमाणित गर्ने कार्य बन्द हुने सूचना निकालियो । प्रमुख रिजाल नै बिदामा बसेपछि कार्यालयमा अन्य शाखा अधिकृत छैनन् । जसले गर्दा पनि बन्द गर्नुपर्ने अवस्था रहेको नायब सुब्बा ईश्वरी भारतीले बताइन् ।

‘घोराही (जिल्ला प्रशासन)बाट सर आउँछु भन्नुभएको छ,’ उनले भनिन्, ‘उहाँ आएपछि यो कामहरू पनि हुन्छ, कार्यालयबाट हुने सेवा पनि रोकिँदैन ।’  यो सूचना सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । पछि सूचना हटाइएको छ । टाढा–टाढाबाट सेवाग्राही आउने र सेवा नपाउँदा दुःख मात्रै हुने भएकाले पनि यो सूचना निकालिएको उनले बताइन् । अन्य राष्ट्रिय परिचयपत्र दर्ता, राहदानी दर्ता तथा वितरणका कार्यहरू भने हुनेछन् ।