१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन टाइगर रिसाेर्टमा आगलागी भएर घाइते बालिकाको उपचारको क्रममा मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

नवलपुरको देवचुली नगरपालिका– १७, पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा ३० गते राति आगोले पोलेर घाइते भएका पाँचजनामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । आगोमा जलेर एकै परिवारका तीनजनासहित पाँचजना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार नगरपालिका–८ निवासी ४४ वर्षीय प्रदीपकुमार भट्टराईकी छोरी ६ वर्षीया बालिका अन्नी भट्टराईको निधन भएको हो । 

उनको आज उपचारको क्रममा कीर्तिपुरकाे बर्न अस्पतालमा मृत्यु भएको हो । उक्त आगोमा परेर कावासोती नगरपालिका– ८ निवासी ४४ वर्षीय प्रदीपकुमार भट्टराई, उनकी श्रीमती ४१ वर्षीया मीना पौडेल, छोरी ६ वर्षीया अन्नी भट्टराई र भट्टराईकै कर्मचारी २६ वर्षीय असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका थिए । भट्टराई कावासोतीमा मध्यविन्दु आँखा उपचार केन्द्रका सञ्चालक हुन् । बाँकी घाइतेहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

उक्त घटनामा चितवन टाइगर रिसोर्टको गम्भीर लापरबाही भएको पाइएको छ। रिसोर्टमा सेकुवा पोल्ने क्रममा कोइला उछिट्टिएर  आगलागी भएर पाँचजना  घाइते भएको भन्ने प्रहरीको प्रारम्भिक भनाइ भए पनि घाइतेले छेउमा बसेर खाजा खाँदै गर्दा बारबिक्यूमा होटेलका स्टाफले पेट्रोल हालेकाले यस्तो घटना घटेको घाइते प्रदीपकुमार भट्टराईले जनाएका छन् । 

भट्टराईले बारबिक्यूमा होटेलका स्टाफले पेट्रोल हाल्दा यो घटना भएको भिडियो सन्देशमा जनाएका छन् । यता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको अनुसन्धान भइरहेको बताएका छन्, तथापि घाइतेहरू निको भएर फर्किएपछि थप अनुसन्धान सहज हुने उनको भनाइ छ ।

छुटाउनुभयो की ?