१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ६ शुक्रबार ११:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पे र खल्तीको एकीकृत कारोबार १ साउनदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार ११:३९:oo

भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई–पे र खल्तीलाई एक–आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । गत ४ फागुनमा आइएमई पे र खल्तीबिच मर्जरका लागि समझदारी भएको थियो । त्यसपछि थप प्रक्रिया पूरा भएपछि केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको हो । नेपालमा वालेट कम्पनी मर्ज भएको यो नै पहिलो हो । 

अब यी दुई कम्पनीले आगामी १ साउनदेखि एकीकृत कारोबार पनि सुरु गर्ने भएका छन् । राष्ट्र बैंकले बिहीबार एक सार्वजनिक सूचना गर्दै १ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने बताएको छ । 

‘आइएमई खल्ती लिमिटेड’ नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हाल आइएमई पेलाई आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्तीलाई खल्ती प्राइभेट लिमिटेडले सञ्चालन गर्दै आएका थिए । एकीकृत कम्पनीमा आइएमई पेकै बहुमत सेयर हुनेछ । आइएमई पेको ३० करोड र खल्तीको पाँच करोड रुपैयाँ चुक्ता पुँजी छ ।