१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार १७:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : योजना आयोग सदस्य श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १७:o१:oo

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन्।

नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको दुईदिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिस्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा. श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए।

श्रेष्ठले आर्थिक शिथिलताको असर बैंकिङ क्षेत्रमा परिरहेको बताए। ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ। यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने।

उनले कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताए। ‘अहिले पनि बैंकहरूका सात खर्ब रुपैयाँबराबरको कर्जायोग्य रकम रहेको छ। त्यो अवस्था कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्नेछ,’ उनले भने। उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको भनाइ छ।

हाल नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ। डा. श्रेष्ठले मौद्रिक नीतिले उद्यम क्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए।

‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ। यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरूले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने। सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको उनले बताए।

सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए।