
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटेलबिच भएको सम्झौताअनुसार बैंकका ग्राहकले फुड एन्ड बेबरेजमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
यो छुट सुविधा पाउन ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ । ग्राहकवर्गलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा दिँदै आएको बैंकले जनाएको छ ।