१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ६ शुक्रबार १o:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र आइडिया नेपालबिच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १o:३८:oo

ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)बिच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकले आइडिया नेपालको आधिकारिक बैंकका रूपमा सेवा प्रदान गर्नेछ ।

आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना शाखा कार्यालयबाट आइडिया नेपालका सम्पूर्ण सदस्यलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्नेछ । 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे ।

साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले रेमिट्यान्स सेवासमेत दिँदै आएको छ ।