१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
तिवारी यादव वीरगञ्ज
२o८२ असार ६ शुक्रबार १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार

बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृत र नायब सुब्बा अख्तियारको नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १५:५१:oo

पर्साको बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।  पोखरिया नगरपालिकामा कार्यरत रहँदाको भ्रष्टाचारसम्बन्धी उजुरीको अनुसन्धानका लागि शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका– १३ प्रतिमा चोक र साहलाई वीरगन्ज महानगरपालिका– ३ प्रगतिनगरबाट पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए । उनीहरूको चार वटा मोबाइलसमेत आयोगले जफत गरेको छ । विभिन्न योजनाहरूको स्वीकृति र कर्मचारी नियुक्तिका विषयका अनियमितताको विषयमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए। श्रीवास्तव यसअघि पोखरियामा निमित्त प्रशासकीय अधिकृत थिए।  

त्यस्तै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियाको पनि मोबाइल आयोगले जफत गरेको छ ।