
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले चारवटै समितिका संयोजकलाई पुरानै जिम्मेवारीमा फर्काएका छन् । १ जेठमा कार्यपालिकाअन्तर्गत चारवटा समितिका संयोजकको जिम्मेवारी हेरफेर गरे पनि वडाध्यक्षबाट व्यापक विरोध भएपछि बालेनले सच्याएका हुन् ।
पहिले जे–जे जिम्मेवारी दिइएको थियो, त्यही जिम्मेवारीमा फर्काइएको बालेनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई पहिलेकै समितिमा संयोजकको जिम्मेवारीमा फकाईएको हो ।
यसअघि बालेनले क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक तोकेका थिए ।