१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल प्रिमियरको उपाधि राहुललाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२१:oo

राष्ट्रिय टोलीका सदस्य तथा एमेच्योर गल्फर राहुल विश्वकर्माले पहिलोपटक सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप उपाधि जितेका छन् । समग्रमा २१ अन्डर २६७ को स्कोरमा नेपालका नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै राहुलले उपाधि हात पारेका हुन् । सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन जितेका राहुलको सूर्य नेपाल टुरमा यो दोस्रो उपाधि हो । साथै, २१ अन्डर उनको करिअरकै उत्कृष्ट स्कोर पनि हो ।

गोकर्ण गल्फ क्लबमा बिहीबार भएको अन्तिम १८ होलको खेल सुरु हुँदा राहुलसँग १ स्ट्रोकको अग्रता थियो । उनलाई सुवास तामाङले कडा चुनौती दिने अनुमान गरिएको थियो । तर, सुवासले चुनौती दिन सकेनन् । राहुलले उत्कृष्ट खेल्दा भारतीय गल्फ टुर खेलिरहेका सुवासले खेल बिगारे । विनादबाब राहुलले फ्रन्ट नाइन सकिँदा सुवास र भुवनलाई ५ स्ट्रोकले पछि पारिसकेका थिए । राहुलले अन्तिम दिन बोगीरहित ५ अन्डर ३१ स्कोर निकाले । पहिलो, तेस्रो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी हात पारेका राहुलले ११औँ र १२औँ होलमा पनि समान एक सट बचाए ।

उनले एक सट रक्षा गर्दा २३ अन्डरको स्कोर गरेका थिए । उनी ७२ होलको कुल २३ अन्डरको स्कोर बराबरी गर्दै नयाँ रेकर्डनजिक पुगेका थिए । उनले १४औँ होलको टी सट जंगलमा बल पुर्‍याए । यद्यपि, बल भेटिए पनि खेल्न नमिल्ने ठाउँमा रहँदा उनले पेनाल्टी ड्रप लिए । ४ पारको यो होलमा राहुलले डबल बोगी खेपे ।‌ यसपछि बाँकी होलमा पार जोगाउँदै उनले उपाधि हात पारे । राहुल प्रोफेसनल र एमेच्योरतर्फ पनि विजेता बने । 

भुवन ५ स्ट्रोकले पछाडि 
नेपालका नम्बर एक प्रो भुवन नगरकोटी तेस्रो दिनको समाप्तिमा लिडर राहुलभन्दा ५ स्ट्रोकले पछि रहँदै संयुक्त रूपमा चौथो स्थानमा थिए । लिडर ग्रुपलाई पछ्याइरहेका भुवनले अन्तिम दिन उत्कृष्ट ८ अन्डरको स्कोर निकाल्ने । उनले ५ पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै उनले बोगीरहित फ्रन्ट नाइन ५ अन्डर ३१ स्कोर गरे । यसपछि ११औँ, १२औँ, १५औँ र १७औँ होलमा उनले एक सट बचाए । १४औँ होलको बोगीले उनी ब्याक नाइन ३ अन्डर ३३ स्कोरमा रोकिए । यो स्कोरसँगै सुवास र सदभावलाई पछाडि राख्न सफल भए । राहुलले च्याम्पियन हुँदै तीन लाख रुपैयाँ प्राप्त गरे । पुरस्कार राशिसँगै आगामी सिजन उनी दोस्रो वरीयतामा रहनेछन् ।