१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १o:o६:oo

१५ असारको भाका सकिन लाग्यो, निर्धारित मितिभित्रै शिक्षा विधेयक आउनेमा कति आशावादी हुनुहुन्छ ?

किन आशावादी नहुनु ? निर्धारित भाकाभित्र शिक्षा विधेयक नआउनुपर्ने कारण नै के छ र ? शिक्षा समितिमा विधेयकमाथि बहस, छलफल भइसकेको छ । आजै (बुधबार) पनि यस विषयमा समितिमा छलफल भएको सुनेको छु । हामीसँग सहमति भएको मितिभित्र विधेयक आउँदैन कि भनेर हामी अहिले नै आशंका गर्दैनौँ । शिक्षा समितिका सभापति र दुई प्रमुख सत्तारुढ दलका प्रमुख सचेतकले हस्ताक्षर गरेर हामीसित गरेको सहमतिअनुसार विधेयक ल्याउनु उहाँहरूको जिम्मेवारी हो । उहाँहरूले त्यो जिम्मेवारी पूरा गर्नुहुन्न कि भन्ने कल्पना हामी गर्दैनौँ । 

भनेपछि आफ्ना माग समेटिएर सहमतिअनुसारकै मितिभित्र विधेयक आउनेमा विश्वस्त हुनुहुन्छ ?
हाम्रा माग नसमेट्ने हो भने त सहमति गर्नुको के अर्थ ? फेरि हामीले राखेका माग नसमेटी विधेयक ल्याउनुको औचित्य नै के रहन्छ र ? हामीले हाम्रा माग पूरा गराउन विगतमा पटकपटक आन्दोलन गर्नुप¥यो । राज्यले हामीसित प्रत्येकपटक सहमति पनि ग¥यो । अहिले आएर विधेयक ल्याउने समयमा हामीसितका सहमति कार्यान्वयन हुँदैनन्, हामीमाथि धोका हुन्छ भनेर हामी विश्वास गर्दैनौँ । हाम्रा मागसहितको विधेयक आउँछ भन्नेमा हामी ढुक्क छौँ । 

कथम् तपाईंहरूसितको सहमतिअनुसार विधेयक आएन भने के गर्नुहुन्छ ?
विधेयक हामीले जारी गर्ने होइन । हामीले गर्ने त आन्दोलन नै हो । त्यसैले, हामीसितको सहमति लत्याएर विधेयकमा धोकाधडी गरियो भने पाँच दिनको तयारीमा हामी पहिलेको भन्दा थप सशक्त आन्दोलन गर्न सक्छौँ । तर, हामी त्यस्तो बाटो हिँड्नु नपरोस्, कुनै अप्रिय कदम चाल्नु नपरोस् भन्ने चाहन्छौँ ।