१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५ को शीर्ष १० मा कोपिला भ्याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १३:३३:oo

सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार- २०२५’ को शीर्ष १० मा छनोट भएको छ। सो स्कुलले ‘टी फोर एजुकेसन’लाई उद्धृत गर्दै विश्वको १० शीर्ष विद्यालयभित्र कोपिला भ्याली छनोट भएको जनाएको छ।

टी फोर एजुकेसनले विभिन्न विधामा विश्वका विद्यालयलाई पुरस्कार प्रदान गर्दै आएको छ। ‘वातावरणीय कार्य’ विधामा कोपिलाले उत्कृष्ट १० सूचीमा आफ्नो स्थान बनाएको हो।

कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले विद्यालयस्तरबाट पर्यावरण संरक्षणमा नेपाल पहिलोपटक विश्वकै १०औँ उत्कृष्ट विद्यालयको सूचीमा परेको जानकारी दिए। उनले भने, ‘यो नेपालीका लागि गर्वका कुरा हो। अब उत्कृष्ट हुन सबैको सहयोग आवश्यक छ।’

अध्यक्ष मल्लका अनुसार उत्कृष्ट १० मा पर्न सफल स्कुलले आगामी सन् २०२५ नोभेम्बर १५ देखि १६ तारिखसम्म यासिमा ब्रिटिस एकेडेमी, अबुधाबी युएईमा हुने ‘विश्व स्कुल्स समिट’मा सहभागी हुन पाउनेछ।

सो स्कुलका ‘प्रिन्सिपल’ राजेनकुमार कार्कीका अनुसार उत्कृष्ट दश विद्यालयबिचको आपसी प्रतिस्पर्धाबाट प्रथम आउन भोटको आवश्यक पर्छ। मतदान सुरु भइसकेको छ।

यसका लागि सम्पूर्ण नेपालीले जतिसक्दो कोपिला भ्यालीलाई मतदान गरी देशको सान, पहिचान र स्वाभिमानलाई विश्वमाझ चिनाउन सहयोग गर्न सरोकारवालालाई उनले आग्रह गरे।

अबुधाबीमा हुने शिखर सम्मेलनमा विजेता घोषणा गरिने जनाइएको छ। वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैली विधामा उत्कृष्ट दशवटा देशका विद्यालय छनोट भइसकेका छन् भने ५० राष्ट्र समिटमा सहभागी हुने टी फोरले जनाएको छ।