१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार o८:११:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार o८:११:oo

सन् १८६५ : अमेरिकी जनरल गोर्डन ग्रेन्गरले टेक्ससको ग्यालभेस्टनमा दासदासी स्वतन्त्र भएको जानकारी गराए । यस दिन अमेरिकामा ‘जुनटिन्थ’ मनाइन्छ ।

सन् १७९० : तत्कालीन फ्रेन्च संसद् ‘नेसनल एसेम्ब्ली’ले कुलीन परिवारले प्रयोग गर्ने मान, पद, पदवी सबै खारेज गर्‍यो । 

सन् १९१३ : दक्षिण अफ्रिकाको रंगभेदी सरकारले त्यहाँका मूलवासीलाई देशका सात प्रतिशत जमिन छुट्याएको ‘नेटिभ्स ल्यान्ड एक्ट’ पारित गर्‍यो । 

सन् १९१९ : पहिलो विश्वयुद्धमा टर्कीको हारपछि मित्रशक्तिले मुलुकलाई विभाजित गर्ने योजानामा छलफल सुरु भएपछि मुस्तफा केमलको नेतृत्वमा अंकरामा राष्ट्रवादी भेला बस्यो । 

सन् १९६१ : कुवेतले बेलायती शासनबाट स्वतन्त्रता हासिल गर्‍यो । 

सन् १९७६ : पृथ्वीबाहिर जीवनको अध्ययन गर्ने उद्देश्य अमेरिकाले प्रक्षेपण गरेको दश महिनापछि ‘भाइकिङ प्रथम’ नामक अन्तरिक्षयान मंगल ग्रहको कक्षमा प्रवेश गर्‍यो ।