१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन नगर्न उच्च अदालतको आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ। पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरेका थिए। 

निलम्बनविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा उच्चका न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। 

गुरागाई‌ंले उनलाई ६ महिनाका लागि निलम्बन गरी जाँचबुझ समिति गठन गर्ने निर्णय गरेका थिए। जाँचबुझको काम अघि बढाउन निलम्बन गर्नुपर्ने अवस्था नदेखिएको उच्च अदालतको आदेशमा उल्लेख छ। 

पाण्डे मेयर बालेन शाहनिकट हुन्। बालेनको आदेशमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाएपछि प्रशासकीय अधिकृत गुरागाईंले उनलाई निलम्बन गरेका थिए।