१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २८ बुधबार o९:२१:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल सरकारका पूर्वसचिव देवेन्द्र कार्कीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o९:२१:oo

‘फास्ट ट्रयाक’को प्रस्थान विन्दुबारेको विवादलाई कसरी हेर्नुभएको छ ?
‘फास्ट ट्रयाक’बारे बहस सुरु भएदेखि नै यसको प्रस्थान विन्दु मानिएको खोकनाबारे विवाद चल्दै आएको छ । अहिले फास्ट ट्रयाकको निर्माणले गति लिइसक्दा पनि यो विवाद अझै टुंगिएको छैन । खोकना एक धार्मिक, सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती हो । फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनालाई बनाउँदा यहाँको धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व संकटमा पर्छ भन्ने स्थानीयको भनाइ छ । फास्ट ट्रयाकको मार्गमा कतिपय प्राचीन मन्दिरहरू पनि पर्ने भएकाले त्यसको विकल्प खोज्नुपर्छ भन्ने उहाँहरूको माग छ । सरकारले त्यसलाई ‘एभ्वाइड’ गरेर जान खोज्नु हुँदैन । 

खोकनाको साटो डुकुछापलाई प्रस्थान विन्दु कायम गर्ने स्थानीयको माग कस्तो छ ?
डुकुछाप खोकनाभन्दा अलि तल पर्छ । खोकनाको साटो डुकुछापलाई प्रस्थान विन्दु बनाउने हो भने त्यसलाई चक्रपथसँग कसरी जोड्ने, कताबाट जोड्ने भन्ने विषयमा अध्ययन गरिनुपर्छ । विस्तृत अध्ययनपछि मात्र यो विकल्प ठिक छ या छैन भन्न सकिन्छ । खोकना र डुकुछापको तुलनात्मक अध्ययन भइसकेपछि निस्कने निष्कर्षपछि मात्र स्थानीयले दिएको डुकुछापको विकल्पबारे भन्न सकिन्छ । 

सरकारले के गरेमा यो विवाद किनारा लाग्न सक्छ त ?
यसका विकल्प धेरै हुन सक्छन् । तर, त्यसका लागि गम्भीर अध्ययन भने हुनुपर्छ । सबै विकल्पबारे अध्ययन भइसकेपछि लागत, प्रभावकारिता र स्थानीयको अपनत्वसमेत हेर्दा कुनचाहिँ ‘विकल्प बढी उपयुक्त देखिन्छ, त्यसमा जान सकिन्छ । जनताको चित्त नबुझाई, जनताको आवाजलाई ‘एक्सक्लुड’ गरेर जान मिल्दैन । लामो समयदेखि लगातार विवाद भइरहेकाले स्थानीयका माग जायज हुन पनि सक्छन् भन्ने कोणबाट पनि अध्ययन हुन सक्यो भने विवाद किनारा लगाउने विधि र उपाय निस्किन सक्छ ।