१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २९ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र वेस्ट इन्डिजबिच ऐतिहासिक शृंखला हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १७:५२:oo

नेपाल राष्ट्रिय क्रिकेट टिम र वेस्ट इन्डिजको क्रिकेट टिमबिच ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुने भएको छ। 

बिहीबार नेपाल क्रिकेट संघले शृंखला हुने जानकारी गराएको हो। शृंखला युएईको सारजहाँ क्रिकेट मैदानमा हुनेछ। 

खेल २७ २८ र ३० सेप्टेम्बर (असोज ११, १२ र १४) मा हुने क्यानले जनाएको छ। नेपालले पहिलोपटक वेस्ट इन्डिजको सिनियर टिमसँग खेल्न लागेको हो। यसअघि वेस्ट इन्डिजको ए टिमसँग खेलेको थियो।