१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २१ बुधबार १o:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कारको आरोपमा दाङका एक कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १o:४८:oo

दाङमा जबर्जस्ती करणीको आरोपमा एक कर्मचारीलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार १६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा बबई गाउँपालिकाका वडा नं. ४ मा कार्यरत कम्प्युटर सहायकका रुपमा कार्यरत २७ वर्षीय भूपेन्द्र खत्रीलाई पक्राउ गरिएको हो ।

उनी करारमा कार्यरत कर्मचारी हुन् । मंगलबार मात्रै पीडित बालिकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । घटना गएको जेठ ९ गते भएको थियो । खत्रीले ती बालिकामाथि घरमै गएर करणी गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छिन् । टिकटक र फेसबुकमा चिनजान भएपश्चात् उनीहरूको फोन सम्पर्क पनि हुन थालेको थियो ।

पीडक खत्रीले आफ्नो सम्बन्धविच्छेद भइसकेकाले पीडित बालिकालाई बिहेको प्रस्ताव पनि गरेका थिए । तर, बालिकाले आफ्नो उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै बिहे गर्ने भनिरहेकी थिइन् । त्यही क्रममा जेठ ९ गते राति खत्री आफैँ ती बालिकाको घरमा गएर करणी गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।