१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार o८:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमानी धावक मानन्धर सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o८:o२:oo

कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन् । नेपालको पहिलो साइकल पसल प्यांक बाइकले आफ्नो सय वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानित गरेको हो । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले प्यांक एडिसन साइकल सार्वजनिकसमेत गरेकी छिन् । ‘वैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेका छौँ,’ सञ्चालक तिरेक मानन्धरले भने । 

ओलम्पियन मानन्धर एडिसन साइकलको सद्भावना दूत नियुक्त भएका छन् । अब, यो साइकल सय थान बिक्रीबाट उठेको फाइदा मानन्धरले पाउनेछन् । मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) को म्याराथन २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए ।

३८ वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामा तोडिएको छैन । सन् १९२५ मा अष्टनारायण मानन्धरले असन कमलाक्षीमा पञ्चनारायण अष्टनारायण साइकल पसलको सुरुवात गरेका थिए । यसैबिच नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई एक थान साइकलद्वारा सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित पत्रकारबाट सुवेदी गोलाप्रथामा विजयी भएका हुन् ।