१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format o६:५१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झापाकै दमकमा तीन वर्षदेखि दिनमै १५ सय केजी बायोग्यास उत्पादन, तर प्रयोगमै ल्याइएन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५१:oo
दमकको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालि–रोहन ट्रेडर्स जेभी र वैकल्पिक ऊर्जा प्रवर्द्धनकेन्द्रबिच १० माघ ०७६ मा परियोजनामा सम्झौता भएको थियो । फोहोरबाट ग्यास उत्पादन गर्ने र उत्पादित ग्यासबाट २० वर्षसम्म निजी कम्पनीले व्यापार गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । जसमा वैकल्पिक ऊर्जा प्रवर्द्धनकेन्द्रले पाँच करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गर्ने सहमति भएको थियो । तर, उत्पादन भएको ग्यास अहिले प्रयोगविहीन छ । नेक्स्टइरा इनर्जी प्रालि प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार यो प्लान्टबाट दैनिक २२ सय केजी बायोग्यास उत्पादन हुन्छ । यो ग्यासले २२ सय परिवारलाई खाना पकाउन पुग्छ । यद्यपि, अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छैन । तर, फोहोरबाट दैनिक करिब १५ सय केजी ग्यास उत्पादन भइरहे पनि त्यसै खेर गइरहेको उनले बताए । 

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा निर्माण गरिएको बायोग्यास उत्पादन सुरु भएको तीन वर्षसम्म पनि प्रयोगविहीन छ । दैनिक दुई हजार दुई सय परिवारलाई खाना पकाउन पुग्ने गरी निर्माण गरिएको बायोग्यास प्लान्ट उत्पादनको तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन । 

दमक नगरपालिकाको फोहोर व्यवस्थापन पनि हुने र फोहोरबाट बायोग्यास उत्पादन हुने योजनाको साथ बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । दमक– २ स्थित हम्सेदुम्से वन क्षेत्रको तीन बिघा क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरिएको छ ।

दमकको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभी र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच १० माघ ०७६ मा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनामा सम्झौता भएको थियो । जसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाँच करोड ८८ लाख २७ हजार ९०२ र कम्पनीले १४ करोड ७० लाख ६९ हजार ७५७ रुपैयाँ लगानी गर्ने सहमति भएको थियो । फोहोरबाट ग्यास उत्पादन गर्ने र उत्पादित ग्यासबाट २० वर्षसम्म निजी कम्पनीले व्यापार गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने र नकुहिने फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरी योजना अघि सारिएको थियो । तर, उत्पादन भएको ग्यास अहिले प्रयोगविहीन छ । नेक्स्टइरा इनर्जी प्रालि प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार यो प्लान्टबाट दैनिक दुई हजार दुई सय केजी बायोग्यास उत्पादन हुन्छ । यो ग्यासले दुई हजार दुई सय परिवारलाई खाना पकाउन पुग्छ । यद्यपि, अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छैन । तर, फोहोरबाट दैनिक करिब १५ सय केजी ग्यास उत्पादन भइरहे पनि त्यसै खेर गइरहेको उनले बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीले सिलिन्डरमा भरेर ग्यास बिक्री गर्ने सम्झौता गरेको थियो । यद्यपि, पछि नगरपालिका र तत्कालीन समयमा प्रधानमन्त्री ओलीसँग पाइपलाइन विस्तारको मौखिक सहमति भएको खतिवडाले बताए । नगरपालिकाले पनि पहल गर्ने र ओलीले पनि प्रक्रिया अगाडि बढाउने वचन दिएका थिए । कम्पनीले पाइपलाइन विस्तारका लागि डिपिआरसमेत तयार गरिसकेको थियो । तर, कार्यान्वयनमा नआउँदा ग्यास प्रयोगविहीन भएको छ । ‘बायोग्यास प्रयोगमा ल्याउने विषय अघि बढेको छैन । पाइपलाइनबाट वितरण गर्दा सहज हुने हो, तर त्यो खर्चिलो छ । २० वर्षमा सरकारलाई बुझाउनुपर्ने भएका कारण सक्ने अवस्था छैन । पाइपलाइनबाट वितरण गर्ने वा सिलिन्डरमा भरेर बेच्ने दुवैमा प्रयासरत छौँ,’ खतिवडाले भने, ‘तर, त्यो दुवै काम हुन सकेको छैन । उत्पादन भएको ग्यास बालेर फालिरहेका छौँ ।’ 

खतिवडाका अनुसार अहिले दमकबाट उत्पादन भएको करिब ४० टन फोहोरबाट प्रांगारिक मल उत्पादन भइरहेको छ । दैनिक करिब दश टन मल उत्पादन गरेर बिक्री गरिरहेको उनले बताए । मल प्रयोगशालाबाट पनि पास भएको उनको भनाइ छ । ग्यास प्रयोग नहुँदा दमकको फोहोर व्यवस्थापनमा समेत चुनौती थपिँदै गएको छ । दमकबाट उत्पादन भएको फोहोर नजिकैको हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा फाल्नुपर्ने अवस्था छ । केही समयअघि दमकको फोहोरले इलामको चुलाचुलीवासीलाई असर गरेको भन्दै चुलाचुली– ६ का स्थानीय आन्दोलनमा उत्रिएर फोहोर ल्याँक्न अवरोध गरेका थिए । अवरोध गरेको पाँच दिनपछि दमक नगरपालिका र आन्दोलनरत पक्षबिच सहमति भएपछि अहिले फोहोर फ्याँक्न गरिएको अवरोध हटेको छ । 

छुटाउनुभयो की ?