१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २३ शुक्रबार १३:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इन्भेष्टमेन्ट मेगा बैंक र  इन्जिनियर्स एसोसिएसन नेपालबिच व्यावसायिक सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १३:२८:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)बिच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)  बिच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो  सम्झौता भएको हो।

नेपाल इन्भेष्टमेन्ट  मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका हुन्। दुवैको हस्ताक्षरसँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ। यस सम्झौतामार्फत  एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ।

सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखा (https://www.nimb.com.np/personal-banking/branches) मार्फत  प्रोफेसनल बचत खाता खोली १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट/ क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका  प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । 

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)का सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । 

छुटाउनुभयो की ?