
सत्तारूढ एमालेले संसदीय दलको बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभामा अवरोध, मंगलबारदेखि प्रारम्भ हुने आगामी बजेटमाथिको छलफललगायत समसामयिक विषयमा छलफल गर्न दिउँसो १ बजे बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
‘समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे नेकपा एमाले संसदीय दलको बैठक लोत्से हल बानेश्वरमा बस्न गइरहेको जानकारी गराउन चाहन्छु,’ बर्तौलाले भने ।