१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १९ सोमबार o८:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन् २०२६ को महिला एसिया कप तयारी : दुईपटक विश्वकप खेलेको थाइल्यान्डसँग खेल्दै नेपाल

सन् २०१५ र ०१९ मा फिफा विश्वकपको अनुभव बटुलेको थाइल्यान्ड विश्व वरीयतामा ४७औँ र नेपाल ९९औँ स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o८:४८:oo

सन् २०२६ को एसिया कप छनोटको तयारी गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबार थाइल्यान्डसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा विश्वकपको अनुभव सँगालिसकेको थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दा नेपालले आफ्नो क्षमताको परीक्षण गर्नेछ । थाइल्यान्डको महिला टोलीले सन् १९८३ मा भएको एसिया कप जितेको थियो । यसैगरी, सन् २०१५ र २०१९ को फिफा विश्वकप खेलेको थाइल्यान्ड विश्व वरीयतामा ४७औँ स्थानमा छ । 

अन्तर्राष्ट्रिय फुटबलमा एसियन राष्ट्रमध्ये अनुभवी थाइल्यान्डसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट खेलाडीको कमजोरी थाहा पाइनेछ । त्यसपछि नेपाली टोली २५ दिन थप अभ्यास गरेर उज्वेकिस्तानमा पुग्नेछ । उज्वेकिस्तानको तास्कन्दमा नेपालले २९ जुलाईमा लाओससँग प्रतिस्पर्धा गर्दै २०२६ मा एएफसी एसिया कप छनोट प्रतियोगिता सुरु गर्नेछ । समूह ‘एफ’मा रहेको नेपालले लाओसपछि दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंका र घरेलु टोली उज्वेकिस्तानसँग खेल्ने तालिका छ । 

यो समूहको विजेताले मार्चमा अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछ । नेपालको समूहमा उज्वेकिस्तान शीर्ष वरीयताप्राप्त टोली हो । नेपाल फिफा वरीयतामा ९९औँ स्थानमा छ । लाओस १०७औँ स्थानमा छ । एसियन फुटबल महासंघ (एएफसी)ले एसिया कप छनोटमा ३४ टोलीलाई ६ वटा समूह बनाएको छ । जसमा समान चार टोली र दुईवटा समूहमा पाँच टोली विभाजन गरिएको छ ।

छनोट चरणका खेलहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्यान्ड, उज्वेकिस्तान र भियतनाममा हुनेछन् । मुख्य प्रशिक्षकका रूपमा तामाङको अन्तिम खेल मुख्य प्रशिक्षकका रूपमा राजेन्द्र तामाङको यो अन्तिम खेल पनि हुने सम्भावना छ । एन्फाले महिला टोलीका लागि प्रो लाइसेन्स प्रशिक्षक नियुक्तका लागि ग्लोबल आह्वान गरेको छ । सन् २०२४ को फेब्रुअरीपछि तामाङ नेपाली महिला टोलीसँग निरन्तर छन् । साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पराजित भएपछि उनले राजीनामा दिएर पनि पुनः टिममा फर्किएका हुन् । 

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको नेपालले शुक्रबार बन्द रंगशालामा भएको खेलमा नेपाल १–० ले पराजित भएको थियो । अनौपचारिक खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा खुसी छिन् । ‘हामीले थाइल्यान्डसँग निकै राम्रो खेल खेल्याैँ,’ अञ्जिलाले भनिन्, ‘युवासहितको नेपाली टिमले निकै राम्रो प्रदर्शन गरिरहेको छ । थाइल्यान्डसँग दोस्रो खेलमा झनै राम्रो नतिजा निकाल्नेछौँ ।’

छुटाउनुभयो की ?