१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
Invalid date format o९:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवमा स्थानीय उत्पादित सामग्री प्रवर्द्धनमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५१:oo

ताप्लेजुङको सिदिङवा गाउँपालिकाले आयोजना गरेको ‘प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव २०८२’ मा स्थानीय स्तरमा उत्पादित सामग्रीको प्रवर्द्धनमा  जोड दिएको छ । महोत्सवको पहिलो दिन अतिथिलाई स्थानीय स्तरमा उत्पादित छुर्पीको माला लगाएर स्वागत गरिएको छ । छुर्पी माला मात्र होइन स्थानीय स्तरमा पाइने अल्लो (एक किसमको सिस्नु) बाट उत्पादित ढाकाका सामग्रीहरु टोपी, खादा लगाइदिएर र कोट उपहार दिएर स्थानीय स्थरमा उत्पादित सामाग्रीहरुको प्रर्वद्धनमा जोड दिएको हो । 

सिदिङ्वाधाम अर्थात सिदिङवामा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उदेश्यले आयोजित महोत्सवमा ढाका र अल्लो कपडाको खादा र चौंरीको छुर्पीको माला प्रयोग गरिएकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका अध्यक्ष मानबाहादुर राईले बताए ।अध्यक्ष राईले पर्यटनको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको समेत बताए। प्रदेश सदस्य तथा पूर्वमन्त्रि मेन्याङ्वोले यस महोत्सवले स्थानीय उत्पादनको प्रयोग र प्रचारको शैलीले प्रवर्द्धनमा टेवा पुग्ने बताए । 

 सिदिङ्वा गाउँपालिकाका सातमध्ये वडा नम्बर ४ साब्लाखु र ५ लिम्बुदिन बाहेकका वडामा तुलनात्मक रुपमा बढी पशुपालन गर्ने गरिन्छ र यहाँ बढी छुर्पी उत्पादन हुने गर्दछ । वडा नम्बर १  कालिखोला र २ सादेवाको माथिल्लो भेग तिम्बुङपोखरी क्षेत्र, वडा नम्बर ७ सुरुम्खिमको माथिल्लो भेगमा गाई, भौसी, याक तथा चौंरी पालन व्यवसाय रहेकोले यस क्षेत्रमा याक, चौंरी र गाईको दूधबाट उत्पादन हुने छुर्पीको प्रवर्द्धन गरि प्रचार प्रसार गर्ने उदेश्यले अथितिलाई छुर्पीको माला लगाइएको बताइएको छ । 

धार्मिक पर्यटकीय गन्तव्य सिदिङ्वा धाम, तिम्बुङ पोखरी, ढङ्ढङगे झरना, चमेरे गुफा, हात्ती ढुंगाजस्ता पर्यटकीय गन्तव्य रहेको यो गाउँपालिकामा प्रचार–प्रसारको अभावले ओझेलमा परेका ती स्थलहरुको प्रचार प्रसार गरि पर्यटक भित्र्याउने महोत्सवको मुख्य उदेश्य रहेको पालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरीया(बन्दना)ले बताइन्। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंगाको प्रवेश विन्दुका रुपमा रहेको तिम्बुङ पोखरी, सिदिङ्वाधाम क्षेत्रलाई एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेसमेत उद्देश्य राखेर महोत्सव आयोजना गरिएको उपाध्यक्ष कडरीयाले जानकारी दिए ।