१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
Invalid date format o५:५३:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जेठ १७ देखि २३ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५३:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ १७ गते शनिबारदेखि जेठ २३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने संकेत पनि छ । धननाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्नुहोला । बुधबारपछि आत्मबल बढ्ने छ । मातापितासँग सुमधुर सम्बन्ध रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जग्गाजमिनको कारोबार गर्दा फाइदा हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । कुरा काट्ने आफैँ पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी–प्रेमिकाको मिलन हुने अनुकूल समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आकस्मिक लाभ मिल्ने समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयात्रीबाट प्राप्त सल्लाहअनुसारकाम गर्दा फाइदा हुनेछ । बुधबारपछि व्यापारीहरूले हानि र कर्मचारीले अपजस व्यहोर्नुपर्छ । छात्रछात्रा रमाइलोमा भुलिनेछन् । अकारण वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । साताको अन्त्यमा मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्ग खुला रहनेछन् । चिन्तन महत्वपूर्ण बन्न सक्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । बुधबारपछि जीवनसाथी घरमा मांगलिक कार्य सम्पादन गर्ने समयसमेत देखिएको छ । साताको अन्त्यमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गर्नुनपर्ने काम बढी समय लगाएर गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने सम्भावना छ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । साताको अन्त्यमा लामो समयपछि चाहना पूर्ण हुने योग आएको छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । व्यावसायिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् । बुधबारपछि परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । सुनचाँदीजस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । बुधबारपछि सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ, जसबाट यश प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । शुभ कुराको संकेत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । बन्धुबान्धबबाट  सहयोगको अपेक्षा गर्न सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । साताको अन्त्यमा प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समाजको नेतृत्व बहन गर्नुपर्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । बुधबारपछि पारिवारिक वातावरण अनुकूल हुनेछैन । नजिकैका मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।