Skip This
अब सवारीचालक अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १७:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब सवारीचालक अनुमतिपत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १७:४६:oo

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाइ गर्ने भएको हो।

नवीकरण गरिएकोसमेत लामो समयसम्म सवारीचालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले विभागलाई पटकपटक निर्देशन दिएका थिए। तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेशसमेत गरिएको छ। हाल सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ।

दिगो समाधानका लागि समयमा नै सवारीचालक अनुमतिपत्र छपाइ नै गर्नुपर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलब्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए। सरकारी निकायहरूबिचमा नै सहकार्य गरी सवारीचालक अनुमतिपत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केही दिनअघि दुवै मन्त्रालयका सचिवसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबिच छलफलसमेत भएको थियो। दुई सरकारी निकायबिचको सहकार्यले सवारीचालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ।

दुवै पक्षबिच भएको समझदारीअनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्रमा प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ। समझदारीपत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले हस्ताक्षर गरेका छन्। अब सुरक्षण मुद्रण केन्द्रले क्युआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको सवारीचालक अनुमतिपत्र छपाइ गर्नेछ।