१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका म्याग्दी
२o८२ जेठ ९ शुक्रबार २o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार २o:२९:oo

म्याग्दीको बेनी नगरपालिकाले कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल अर्थात् दोभानमा रहेको ‘बेनीघाट’मा  कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणको काम सुरु गरेको छ ।

बेनी नगरपालिकाले कालीगण्डकी नदीको स्वच्छता, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत दृष्टिगत गरी रु. ५३ लाख पाँच हजार दुई सयको ठेक्का आह्वान गरी पूर्वाधार निर्माणका काम सुरु गरेको हो ।

एस.के कन्स्ट्रक्सन बेनीले स्थानीय नगरपालिकासँग सम्झौता गरी कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल ‘बेनीघाट’मा अहिले धमाधम काम गरिरहेको छ । सम्झौताअनुसार ०८२ साल वैशाख १७ गतेदेखि काम सुरु भएको सो योजना आगामी असार १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।  

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार कालीगण्डकी स्वच्छता कार्यक्रमअन्तर्गत सञ्चालित यो पहिलो योजनाको सुरुमा अन्त्येष्टि गर्ने घाटलाई काठमाडौं, पशुपतिस्थित आर्यघाटको ढाँचामा निर्माण गरी व्यवस्थित गरिने भएको छ ।

सो योजनाअन्तर्गत कालीगण्डकीको सतहभन्दा तल ६० प्रतिशत सिमेन्ट र ४० प्रतिशत ढुंगाको जग राखिनेछ । यसरी जग तयार भएपछि आर्यघाटमा जस्तै सिँढी निर्माण गरी शव राख्ने तथा जलाउने ठाउँ बनाइने नगरपालिकाले स्पष्ट गरेको छ ।  

सनातन धर्म, संस्कृति र वातावरणलाई समेत ध्यान दिँदै आर्यघाटको ढाँचा र शैलीमा पूर्वाधार निर्माण गरी बेनीघाटलाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाइने बेनी नगरपालिकाले स्पष्ट गरेको छ ।