१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार २१:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती खोलामाथिको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार २१:२९:oo

हेटौँडालाई काठमाडौंसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका– ८, बगुवास्थित कान्ति लोकपथ सडकखण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो वर्षाका कारण बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

शुक्रबार साँझ परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । 

सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो। 
बर्सातका कारण खोलामा पानीको बहाव अत्यधिक बढेपछि ग्राभेल र माटो बगाउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक नियमित गराउन सम्बन्धित निकायले प्रयास जारी राखेको भए पनि लगातारको वर्षाले तत्काल बाटो खुलाउने अवस्था नरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।