मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Saturday, 12 July, 2025
२o८२ बैशाख ३० मंगलबार १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १o:३४:oo

प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको छ । 

स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले जानकारी  दिए। अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सञ्चालनमा रहे पनि शल्यक्रिया गर्नुपर्ने महिलालाई रेफर गरेर पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । 
 
गाइनोलोजिस्ट  कुमार विष्ट सरुवा भएर भक्तपुरस्थित क्यान्सर अस्पताल गएपछि विशेषज्ञ सेवा प्रभावित भएको डा. बरालले बताए । उनले भने, ‘गाइनोलोजिस्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु, तर सुनुवाइ हुन सकिरहेको छैन ।’ अस्पतालमा ‘सर्जन’ नहुँदा दैनिक कम्तीमा एकजनालाई बाहिर पठाउनु बाध्यता छ । आवश्यकताका लागि विज्ञापन प्रकाशित गरे पनि आवेदन नपरेको डा. बरालले बताए।