Skip This
रछ्यानमा फालिएको सामन्ती प्रथा ब्युँताउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रछ्यानमा फालिएको सामन्ती प्रथा ब्युँताउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

प्रधानमन्त्री केपी ओलीले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्युँताउने प्रयास सफल नहुने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अढाई सय वर्ष शाहवंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बनेकोसमेत दाबी गर्दै अब फेरि त्यसलाई फर्काउने अभियानमा नलाग्न आग्रह गरेका छन् ।

ओलीले भने, ‘हजार वर्षभन्दा बढी समय विभिन्न नामका भुरे–टाकुरे, राजा–रजौटाहरूले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए । पछिल्लो अढाई सय वर्षजति शाहवंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो ।’

साथै प्रधानमन्त्री ओलीले अनिर्वाचित, परिवार र वंश आधारित ‘संस्था’ वा ‘तन्त्र’ कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई २०६२/६३ को परिवर्तनमार्फत निष्कर्षमा पुर्‍याइएको र ०७२ सालमा जारी संविधानमार्फत संस्थागत गरिएको बताए ।

उनले भने, ‘हामीले कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता या वंश–परम्परामा आधारित पछ्यौटे प्रतिगामी प्रणालीलाई अस्वीकार गर्‍यौँ । संघीयतामा आधारित लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ । तर, अहिले यतिखेर राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई ‘क्यास–गर्दै’, हाम्रा बलिदान तथा शताब्दी लामो संघर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा ब्युँताउने मात्रै हाेइन तिथिमिति नै तोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउनेजस्ता भ्रम फिँजाएर संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवं अराजक गतिविधि सुरु भएको छ ।’