Skip This
वर्षाले रोकियो नेपाल र बहराइनबिचको खेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १ बिहीबार १३:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वर्षाले रोकियो नेपाल र बहराइनबिचको खेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १३:५७:oo

नेपाल र बहराइनबिचको खेल वर्षाले अवरुद्ध भएको छ । थाइल्यान्डमा जारी आइसिसी महिला टी-२० विश्वकपको एसिया छनाेटअन्तर्गत नेपाल र बहराइनबिचको खेल पहिलो इनिङको १२.४ ओभरपछि रोकिएको हो ।

यस खेलमा बहराइनले टस जितेर पहिला ब्याटिङ गरिरहेको थियो । बहराइनले वर्षाले खेल रोकिनुअघि १२.४ ओभरमा तीन विकेट गुमाउदै ७६ रन बनाएको थियो ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध  वर्षाले रद्द भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो । त्यस्तै, बहराइनले खेलेका दुई खेलमा एक हार र एक खेलमा अंक बाँडेको छ ।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्न यो खेल जित्नैपर्ने अवस्था छ भने अर्को खेलमा बहराइनले हङकङ चाइनालाई पराजित गर्नुपर्ने देखिएको छ ।      

कुल नाै देशले भाग लिने यस एसिया छनाेटमा नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा बहराइन र हङकङ रहेका छन् । एसिया छनाेटको समूह एमा भुटान, कुवेत र थाइल्यान्ड रहेका छन् भने समूह बीमा मलेसिया, कतार, युएई रहेका छन् ।

समूहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समूह विजेता तीन देशले फाइनल राउन्ड खेल्नेछन् । फाइनल राउन्डमा एक–अर्काविरुद्ध खेलेपछि शीर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनाेट हुनेछन् ।