Skip This
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरको तेस्रो संस्करण सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १ बिहीबार १४:o९:oo
Read Time : < 1 मिनेट
अर्थ

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरको तेस्रो संस्करण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १४:o९:oo

डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को तेस्रो संस्करण आजदेखि सुरु गरेको छ । यो तेस्रो संस्करण पहिलेको तुलनामा अझै परिष्कृत र अझै ठुलो, अझै धेरै अफर र उपहारका साथ ल्याएको खल्तीले जनाएको छ ।  

यो अफरअन्तर्गत पाँचजनाले पल्सर एनएसएफआइएबिएस बाइक जित्न सक्नेछन् । अन्य विजेताले आइफोन १५, होनाेर एक्स–७ बी स्मार्टफोन, वासिङ मेसिन, स्मार्ट टिभी, स्मार्टफोन, माउन्टेन फ्लाइटदेखि एयर बडहरूजस्ता सयौँ उपहार जित्न सक्नेछन् । यसका साथै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने पहिलेजस्तै हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याच कार्डमार्फत उपहारहरू जित्ने मौका पाउनेछन् । 

जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागू रहने दुई महिनाको यस जात्रा अवधि चारवटा राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि दुई भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू बाइकका लागि ‘लक्की ड्र’मा सहभागी हुन योग्य हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चारवटै राउन्डमा सहभागी हुने प्रयोगकर्ताहरूले बोनस राउन्डको बाइकका लागि स्वतः सहभागी हुन पाउने र जित्न सक्ने कम्पनीले जनाएको छ ।