
सल्यानका १० स्थानीय तहमा १४ करोडभन्दा बढीको बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा १० स्थानीय तहमा १४ करोड ३८ लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको हो। १० स्थानीय तहमध्ये सबैभन्दा कम ०.४४ प्रतिशत बनगाड कुपिन्डे नगरपालिका र सबैभन्दा धेरै २.६८ प्रतिशत शारदा नगरपालिकामा बेरुजु देखिएको छ ।
बनगाड कुपिन्डे नगरपालिकामा एक अर्ब ४४ करोड २८ लाख ७४ हजार लेखापरीक्षण भएकोमा ६३ लाख ५३ हजार अर्थात ०.४४ प्रतिशत बेरुजु देखिएको छ । बागचौर नगरपालिकामा एक अर्ब ४८ करोड ८८ लाख ८३ हजार लेखापरीक्षण भएकोमा दुई करोड ७५ हजार अर्थात् १.३५ प्रतिशत, शारदा नगरपालिकामा एक अर्ब ५६ करोड ९५ लाख ४५ हजार लेखापरीक्षण हुँदा २.६८ अर्थात् चार करोड २० लाख ८२ हजार बेरुजु देखिएको छ ।
यस्तै, कपुरकोट गाउँपालिकामा ९९ करोड ५८ लाख ७२ हजारको लेखापरीक्षण हुँदा एक करोड ६४ लाख ६६ हजार अर्थात् १.६५ प्रतिशत, कालीमाटी गाउँपालिकामा एक अर्ब ५८ लाख १५ हजार लेखापरीक्षण हुँदा ७८ लाख १७ हजार अर्थात् ०.७८ प्रतिशत, कुमाख गाउँपालिकामा एक अर्ब १९ करोड ८८ लाख ५५ हजार लेखापरीक्षण हुँदा एक करोड २७ लाख ९८ हजार अर्थात् १.०७ प्रतिशत बेरुजु देखिएको लेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, छत्रेश्वरी गाउँपालिमामा एक अर्ब १६ करोड ६७ लाख २४ हजार लेखापरीक्षण हुँदा ८७ लाख ५० हजार अर्थात् ०.७८ प्रतिशत, सिद्ध कुमाख गाउँपालिकामा ६४ करोड १२ लाख ४ हजार लेखापरीक्षण हुँदा एक करोड ४२ लाख ६१ हजार अर्थात् २.२२ प्रतिशत, त्रिवेणी गाउँपालिकामा ९० करोड २६ लाख सात हजार लेखापरीक्षण हुँदा ५२ लाख ४५ हजार अर्थात् ०.५८ प्रतिशत र दार्मा गाउँपालिमामा एक अर्ब १८ करोड ४१ लाख चार हजार रुपैयाँ लेखापरीक्षण हुँदा ९९ लाख ५६ हजार अर्थात् ०.८४ प्रतिशत बेरुजु देखिएको छ ।