१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनकुटामा दौड प्रतियोगिताको आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १४:o५:oo

क्युआर धनकुटाको स्थापना दिवसको अवसर पारेर धनकुटामा दौड प्रतियोगिताको आयोजना गरिएको छ। ‘अब दौडन्छ धनकुटा’ भन्ने मूलनाराका साथ खुलातर्फ पाँच हजार मिटर, महिलातर्फ तीन हजार मिटर र भेट्रान्सतर्फ पाँच हजार मिटरको दौड प्रतियोगिता भएको थियो । सबै विधामा २२८ जना धावक सहभागी भएका थिए ।

धनकुटाको तल्लो टुँडिखेलबाट सुरु भएको दौड तल्लो कोप्चे, बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, मदनचोकलगायतका स्थान पार गर्दै पुनः टुँडिखेलमा आएर सम्पन्न भएको थियो। उक्त प्रतियोगिताको खुलातर्फ ओसन राई प्रथम, कुलमान राई द्वितीय र साजन पुलामी मगर तृतीय भए । उनीहरूले क्रमशः १० हजार, सात हजार पाँच सय र पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारे ।

त्यस्तै, महिलातर्फ पुष्पा शेर्मा लिम्बू प्रथम, दीक्षा राई द्वितीय र कल्पना राई तृतीय भए। उनीहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

भेट्रान्सतर्फ विजयकुमार राई प्रथुम, मंगल तामाङ द्वितीय र कुमारपाहिम लिम्बू तृतीय भएका छन् । उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका विजयीहरूलाई धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल, भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीलगायतले पुरस्कार वितरण गरे ।