
मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका– ९ का ७० वर्षीय गंगाबहादुर स्याङ्तान रहेका छन्। हाल मनहरी गाउँपालिका– ८ मा बसोबास गर्दै आएका स्याङ्तानलाई आज बिहान करिब ५ः१५ बजे हेटौँडाबाट चितवनतर्फ गइरहेको ना.५ख ७७१२ नम्बरको लोड ट्रकले सडक पार गर्दै गर्दा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।दुर्घटनापछि ट्रक र ट्रकका चालक सर्लाहीको हरिवन नगरपालिका– ११ बस्ने ४० वर्षीय प्रमोद महताेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय मनहरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।