१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
एजेन्सी वासिंटन डिसी
Invalid date format ११:४२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित

Read Time : < 1 मिनेट
एजेन्सी, वासिंटन डिसी
नयाँ पत्रिका
Invalid date format ११:४२:oo

सन् २०२५ को पहिलो तीन महिनामा विश्वको सबैभन्दा ठुलो अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गरेपछि उपभोक्ता खर्चमा आएको गिरावटका कारण अर्थतन्त्र संकुचित भएको हुन सक्ने विश्लेषकले अनुमान रहेका छन् ।

सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको अमेरिकाको कुल गार्हस्थ उत्पादन पहिलो त्रैमासिकमा ०.३ प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ । ब्रिफिङ डट कमका अनुसार बुधबारको तथ्यांक ०.४ प्रतिशतको वृद्धिको अनुमानभन्दा पनि कम हो ।

वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्च कटौतीलाई प्रतिबिम्बित गरेको छ ।’ यही अवधिमा ट्रम्पले शीर्ष व्यापारिक साझेदारलाई मार्चदेखि विभिन्न चरणमा कर वृद्धिको घोषणा गरे ।

ट्रम्पको नीतिका कारण अप्रिलमा सेयर बजारको नाटकीय गिरावटपछि ट्रम्प प्रशासनले विश्वका कैयौँ देशलाई लगाउने घोषणा गरेको रेसिप्रोकल ट्रयारिफ वृद्धि ९० दिनको लागि रोकेको छ । अहिले विश्वका अधिकांश देशबाट अमेरिका भित्रिने सामानमा आधारभूत १० प्रतिशत दर तोकिएको छ ।

त्यसबाहेक स्टिल, आल्मुनियम, सवारीसाधन र अमेरिकामा नबनेका पार्टपुर्जामा अलग भन्सार दर लागू छ । र, अन्य देशमाथि लगाउने भनिएको रेसिप्रोकल ट्रयारिफ रोक्दा चीनमाथि भने १४५ प्रतिशत भन्सार घोषणा गरिएको छ । जवाफमा बेइजिङले पनि अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको छ ।