१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १८ बिहीबार १९:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘श्री ३’का कारण जनतामा श्री ५ ठिक छन् कि भन्ने पर्‍यो : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १९:३१:oo

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘श्री ३’का कारण जनतामा राजसंस्था नै ठिक हो भन्ने भ्रम भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन ठुला दलका शीर्ष नेतालाई ‘श्री ३’को संज्ञा दिँदै भट्टराईले भने, ‘ती श्री ३ हरूले पालैपालो गत तीन वर्षदेखि जसरी सत्तामा बसेर मोजमस्ती गरिरहेका छन्, पूर्वराजाजस्तो तिनीहरू बनेका छन्, त्यसले गर्दा जनतामा अलि वितृष्णा आएर कतै यी श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भनेजस्तो पनि मान्छेलाई पर्न गएको छ।’

श्री ५ र तिनका पुर्खाले हजार वर्षसम्म राज गरेर देशलाई कंगाल पारेको उल्लेख गर्दै भट्टराईले शीर्ष नेताहरूमा समस्या रहे पनि राजतन्त्र कदापि उचित नभएको प्रस्ट्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘श्री ३ ठिक होइनन्, श्री ५ त झन् ठिक हुँदै होइनन्। हजार वर्षसम्म तिनका बाउबाजेले राज गरेर यो देशलाई कंगाल पारेको होइन?’  

बिचौलियासँग अर्बौँ लिएर चुनाव जितेर सत्तामा जाने प्रवृत्ति विकास भएकाले जनतामा वितृष्णा आएको भट्टराईको भनाइ छ। देशको उन्नति र प्रगतिको बाटो छोडेर नेताहरूले राज्यसत्ताको दोहनलाई नै राजनीति मानेकाे आरोप लगाउँदै उनले आफूहरूले राजनीतिको भ्रष्टीकरण अन्त्य गर्ने बताए।