
रेशम चौधरी पक्राउपछि प्रज्ञा प्रतिष्ठानमा नाराबाजी सुरु भएकाे छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन्। आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरिरहेका हुन्। उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर्न र सरकारको विरुद्दमा नारा लगाइरहेका छन्। आज कार्यक्रमस्थलबाट नै चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम बिथोलिएको छ।