१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
२o८२ बैशाख १७ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

राष्ट्रिय लेखक दिवसका अवसरमा चितवनमा रचनावाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १८:२५:oo

नेपाली लेखक संघ चितवनले रचनावाचन कार्यक्रम गरेको छ। तेस्रो राष्ट्रिय लेखक दिवसको अवसर पारेर चितवन साहित्य परिषद् भवनमा मंगलबार आयोजना गरिएको कार्यक्रममा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए।

कार्यक्रमका अप्सु पौडेल, सूर्यप्रकाश कँडेल, समिता न्यौपाने पौडेल, चारघरे ठिटो, एकदेव रिमाल, उदय अधिकारी, रमेश प्रभात, परिवेश मुन्छे, मेनका चापागाईं, गायत्री अधिकारी, देवीमाया सापकोटा, सरला जोशी, विद्या भण्डारी चिराग, प्रेम रिमाल, नवराज ढुंगानालगायतले कविता प्रस्तुत गरे।

१९८७ सालमा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवसका रूपमा मनाउने गरिन्छ। यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ। नेपाली लेखक संघले २०८० सालदेखि राष्ट्रिय लेखक दिवस मनाउन थालेको हो।

मंगलबार नेपाली लेखक संघको केन्द्रीय समितिले राजधानी काठमाडौंमा र विभिन्न जिल्लामा रहेका शाखाले जिल्लाव्यापी रूपमा विमर्श तथा रचनावाचनका कार्यक्रम गरेका छन्। चितवनमा भएको कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित र सल्लाहकार प्राडा नारायणप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए।

नेपाली लेखक संघ चितवनका उपाध्यक्ष लेखराम सापकोटाले स्वागत मन्तव्य राख्दै राष्ट्रिय लेखक दिवसको सन्दर्भ र महत्त्वबारे चर्चा गरेका थिए। संघका सल्लाहकार केदारनाथ खनाल प्रमुख अतिथि रहेको कार्यक्रम शान्ति शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई सचिव सामना पहाडले सहजीकरण गरेकी थिइन्।