
चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार सुविधा माग राख्दै देशभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएको एक महिना नाघेको छ । आन्दोलनरत चिकित्सकले निजी मेडिकल कलेजले सरकारले तोकेको निर्वाह भत्ता नदिएसम्म आन्दोलन जारी रहने बताएका छन् । आन्दोलनका कारण आइतबारदेखि देशभरका सबै ठुला अस्पतालमा ओपिडी सेवा बन्द भएका छन् ।