१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १६ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकलाई विद्यालय फर्काउन सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार ११:४७:oo

प्रतिनिधिसभाका सांसदहरूले आन्दोलनमा रहेका शिक्षकलाई विद्यालय फर्काउन सरकारसँग आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको विशेष र शून्य समयमा बोल्ने सांसदहरूले आन्दाेलनरत शिक्षकका माग पूरा गरेर सरकारले शिक्षकलाई विद्यालयमा नियमित पठनपाठन गराउने वातावरण बनाउन आग्रह गरे।

सांसद हितराज पाण्डे,  ज्ञानेन्द्र शाही, भगवती चौधरी, भानुभक्त जोशी, मनबहादुर गुरुङ, महेन्द्रबहादुर शाहीलगायतले शिक्षक आन्दोलनको समाधान खोज्नुपर्नेमा जोड दिए । त्यस्तै, एमालेका सांसद महेश बर्तौलाले सरकार र शिक्षकबिचको वार्ता सकारात्मक हुँदै गएको र सम्भवतः मंगलबार बेलुकासम्मका वार्ता भएर शिक्षकलाई विद्यालय फर्काउन सकिने सम्भावना रहेको उल्लेख गरे ।