१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Tuesday, 29 April, 2025
२o८२ बैशाख १५ सोमबार o८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार o८:२३:oo

 रैनादेवी छहरा गाउँपालिका– १ सिद्धेश्वरमा गएराति जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । लु.१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठुलापोखरातर्फ जाने क्रममा  सर्वोत्तम सिमेन्ट खानीनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए ।    

दुर्घटनामा परी घाइते भएका पाँचजनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीनजनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा– १ सिद्धेश्वरका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् । 

घाइते भएका जिपचालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।