१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकहरूमाथि प्रहरी बल प्रयोग गर्नु सरकारको कुशासनको अर्को उदाहरण : शेखर कोइराला

एक–दुई दिनमै समस्या समाधान गरी पठनपाठनकाे वातावरण मिलाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२९:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक–दुई दिनमै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत कोइरालाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

वार्तामार्फत समस्या समाधान गर्नुपर्नेमा सडकमै शिक्षकहरूमाथि प्रहरी बल प्रयोग गरेकोमा उनले आपत्ति जनाएका छन्। पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण भएको भन्दै सत्तासाझेदार पार्टीका नेता कोइरालाले कडा टिप्पणी गरेका छन्।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो। पठनपाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षासमेत सरेको छ। यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ कोइरालाले लेखेका छन्, ‘अब धेरै ढिला भयो। एक–दुई दिनमै समस्या समाधान गरी पठनपाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’