१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
२o८२ बैशाख १५ सोमबार १३:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा दुई यात्रुवाहक बस र ट्रक ठोक्किँदा १९ जना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १३:११:oo

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका– २२ स्थित अमलेखगन्जमा रहेको ३ नम्बर पुलनजिक सवारी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । 

काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ग.२ख १६५५ नम्बरको यात्रुवाहक बसले पोखराबाट रौतहतर्फ आउँदै गरेको ग.१ख ११५४ नम्बरको यात्रुवाहक बसको पछाडि भागमा ठक्कर दिँदा ठक्करपछि अनियन्त्रित भई पोखराबाट रौतहतर्फ आउँदै गरेको यात्रुवाहक बसले पथलैया–हेटौँडा सडकखण्डमा सडकको छेउमा बिग्रिएर रोकिएको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको ट्रकमा ठोक्किएको हो । 

कोइलाले भरिएको यक्त ट्रकमा ठोक्किएको बस अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेको बारा प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको हेटौँडा सामुदायिक अस्पताल र अकलबहादुर कार्की अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

दुर्घटनाग्रस्त बस र बसचालक चितवनको राप्ती नगरपालिका– ३ बस्ने ४७ वर्षीय तिलकबहादुर थापामगरलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

सवारी दुर्घटना हुँदा घाइते हुनेमा ग.२ख १६५५ नम्बरको बसचालक कास्कीको रूपा गाउँपालिका– ७ बस्ने ४० वर्षीय रविकुमार ताम्राकार, सोही बसका सहचालक कास्कीका ५० वर्षीय वासुदेव अधिकारी, तनहुँको भानु नगरपालिका– ८ बस्ने ३० वर्षीय अनिलकुमार बस्नेत, इलामको इलाममाई नगरपालिका– ४ बस्ने ३१ वय राजेन्द्र सुनुवार, पाँचथरको फिदिम नगरपालिका–५ बस्ने ३२ वर्षीय खर्कसिंह तुम्बापो, भारतको भङकुरा बस्ने ४६ वर्षीय विलाश दास, सप्तरीको रुपनी गाउँपालिका– ३ बस्ने २८ वर्षीय रवीन्द्र माझी रहेका छन् । 

यस्तै, घाइते हुनेमा सप्तरीको हलुवा नगरपालिका– १ बस्ने २० वर्षीय भरत ईश्वर, पाँचथरको हिलेहाङ गाउँपालिका– ६ बस्ने ६० वर्षीया बुदमाया याव, सल्यानको कालीमाटी गाउँपालिका– ३ बस्ने २८ वर्षीया पुष्पा वलि, इलामको सूर्याेदय नरपालिका– १२ बस्ने २२ वर्षीया मनीषा राई, झापाको दमक नगरपालिका– १ बस्ने २० वर्षीया निशा लिम्बू, दोलखाको विष्णु गाउँपालिका– ५ बस्ने १९ वर्षीय अनुराग खड्का, भारतको सिलोङ बस्ने २५ वर्षीय रेशम थापा, सोही स्थानका २८ वर्षीय सागर क्षेत्री, इलामको देवमाई नगरपालिका– ८ बस्ने २९ वर्षीय दलबहादुर राई, इलामकै इलाम नगरपालिका– १ बस्ने ३७ वर्षीय तेजबहादुर राई, सोही स्थान बस्ने २७ वर्षीय सञ्जीव राई र खोटाङको केपिलासगढी गाउँपालिका– ७ बस्ने ३२ वर्षीय टेकबहदुर राई रहेका छन् ।