१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीको बिमकलाई नयाँ व्यवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

बिमा प्राधिकरणले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा गर्ने कम्पनीहरूलाई लक्षित गरी कसिलो व्यवस्था लागू गरेको छ । वैदेशिक रोजगार (म्यादी) जीवन बिमा नेपालबाट विदेशमा काम गर्न जाने श्रमिकको जोखिम सुरक्षण गर्ने उद्देश्यले यो कोष सञ्चालनमा छ । 

कोषको सदस्यता गुमाएका बिमा कम्पनीहरूले बिमालेख बिक्री गर्न नपाउने व्यवस्था राखिएको छ । वैदेशिक रोजगार विभागमा सूचीकृत भएर लगातार तीन महिनासम्म बिमालेख जारी नगर्ने बिमकको कोषको सदस्यता स्वतः खारेज हुने व्यवस्था छ । यसरी सदस्यता खारेज भएका बिमकलाई बिमालेख बिक्रीमा प्रतिबन्ध लगाइने भएको हो । 

सदस्यता खारेज मात्र नभई, विभागमा सूचीकृत नभएका र निर्देशन पालना नगर्ने बिमकलाई पनि यो व्यवस्था लागू हुने उल्लेख छ । 

त्यस्तै, बिमकले बिमालेख जारी गर्दा पाउने बिमा शुल्क सामूहिक बिमा कोषको छुट्टै बैंक खातामा प्रत्येक महिनाको १ देखि १५ गतेसम्मको विवरण १६ गतेभित्र जम्मा गर्नुपर्ने भएको छ ।