१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
दीपक भट्ट रामेछाप
Invalid date format o९:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामेछापमा आगलागीबाट दुई घर नष्ट, आगो निभाउने क्रममा दुई घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

गएराती घरमा जोडिएको विद्युत सर्ट भई घरमा आगलागी हुँदा मन्थली नगरपालिका– ११ गेलु स्थित गजपानीका फष्टबहादुर श्रेष्ठको दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।  अकस्मात घरमा आगो दनदन वलेपछि आगो निभाउने क्रममा घरधनी फष्टवहादुर र छिमेकी बुद्धिबहादुर श्रेष्ठ घाइते भएका छन् ।

बेलुका साँढे ९ वजे ठुलो आवाजसहित घरमा आगलागी सुरु भएको थियो । घरमा ग्याँस सिलिण्डर नभएकोले विद्युत मिटर पड्केर आगलागी भएको हुनसक्ने मन्थली नगरपालिका–११ गेलुका वडा अध्यक्ष भिमवहादुर थापामगरले जानकारी दिए । 

घरमा लागेको आगो स्थानियहरुले मात्र निभाउन नसकेपछि गएराती नै प्रहरी चौकी खिम्ती र फुलासीको पोखरीडाँडा प्रहरी चौकीवाट गएको प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयहरु मिलेर उक्त आगो विहान ३ बजे नियन्त्रणमा ल्याएका थिए । 

आगो नियन्त्रणमा आएपनि आगालागीबाट घरमा रहेको नगद साढे ६ लाख, सुन चाँदी र अन्न पात र लत्ता कपडा सवै जलेर पूर्णरुपमा नष्ट भएका छन् । सो आगलागीमा परी घरको भुई तलामा बाधिएका २५ वटा खसीबाख्रासमेत मरेका छन् । घरमा आगो लागेपछि बेहोस बनेकी फत्तवहादुरकी श्रीमतीसहित अन्य घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत मन्थली अस्पतालमा ल्याई उपचार थालिएको छ ।