१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
Invalid date format o७:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : चेन्नई पाँच विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

सनराइजर्स हैदराबादले शुक्रबार १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा पूर्वविजेता चेन्नई सुपर किंग्समाथि पाँच विकेटको सानदार जित निकालेको छ । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको चेन्नई १९.५ ओभरमा एक सय ५४ रनमा समेटियो । प्रत्युत्तरमा हैदराबादले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनायो । जितसँगै हैदराबाद आठौँ स्थानमा उक्लेको छ । हैदराबादले नौ खेलबाट ६ अंक जोडेको छ । 

पाँचपटकको विजेता चेन्नई अंकतालिकाको पुछारमै रह्यो । चेन्नईले नौ खेलमा सात हार र दुई जित निकाली चार अंक जोडेको छ । राजस्थानले पनि चारै अंक जोडेको छ । हैदराबादको जितमा कामिन्दु मेन्डिस र नीतिषकुमार रेडीले छैटौँ विकेटका लागि ३१ बलमा ४९ रनको नटआउट साझेदारी गरेका थिए । कामिन्दुले २२ बलमा ३२ रन तथा नीतिषले १३ बलमा १९ रन बनाए । 

यसअघि ब्याटिङ गरेको चेन्नईका ओपनर आयुषले ३० रन तथा डेवाल्ड ब्रेभिसले ४२ रन बनाए । रवीन्द्र जडेजाले २१ रन तथा दीपक होडाले २२ रन जोडे । बलिङमा हैदराबादका हर्सल पटेलले २८ रन खर्चेर चार विकेट लिए ।