१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
Invalid date format o५:५४:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वैशाख १३ देखि १९ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५४:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख १३ गते शनिबारदेखि वैशाख १९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको प्रारम्भ देखि नै शत्रुहरूले तपाईंको चियोचर्चो गर्नेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने योग रहेकाले रोकिएका काम अगाडि बढाउँदा कार्यमा सफलता मिल्नेछ । बिहीबारदेखि भने आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहनेछ ।पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आवश्यक र उपलब्धिमूलक रमाइलो यात्राको योग जुरेको छ । सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋण सापटी लिनदिन समयअनुकूल रहेकाले लेनदेनमा समस्या पर्नेछैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । साताको अन्त्यमा सेयरबजारले भने राम्रो प्रतिफल नदिने संकेत देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्नेछैन । कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धि हात पर्नेछैन, व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादमा परिनसक्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा पारिवारिक धार्मिक भ्रमणको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : व्यावसायिक क्षेत्र सफल रहनेछ भने आम्दानीमा कमी आउनेछैन । व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउनेछन् । राजनीतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :  उत्साह छाउने साता रहेको छ । लामो तथा व्यवसायी यात्राका लागि उत्तम समय रहेको छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अधुरो र आँटेको कार्य पूरा हुनेछन् । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । साताको अन्त्यमा सेयरबजारमा गरेको लगानीले राम्रै प्रतिफल दिने संकेत मिल्नेछ । स्थानान्तरणको योग रहेकाले जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको प्रारम्भमा गरिएका क्रियाकलापले तपाईंलाई दीर्घकालिक फाइदा पुग्न सक्नेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यस्तता बढ्नुका साथै सामान तथा गरगहना हराउने तथा चोरी हुने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय व्यहोर्नु पर्छ । बिहीबारदेखि मंगल कार्यको योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिने वेला रहेको छ । सरुवा तथा बढुवाको योग रहेको छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउनेछ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्नेछ । विपरीतलिंगीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । साताको अन्त्यमा आकस्मिक धनलाभको योग रहेको छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : कृषिकर्ममा मन जानेछ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनुका साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले महत्वपूर्ण कार्यको थालनी हुनेछ । नयाँ काम वा व्यवसायको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । स्वादिष्ट परिकारको अवसर मिल्नेछ । साताको अन्त्यमा आकस्मिक धनलाभको योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : सुख–सुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ । धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापबाट व्यक्तिगत सम्मानमा हानि पुग्न सक्ने योग छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । पारिवारिक साथ–सहयोग र समर्थन मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : रोकिएका घरायसी तथा अन्य काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा बोलीमा संयमता अपनाउनुपर्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुने योग छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : भ्रमण र मनोरञ्जनमा समय बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भए पनि अन्त्यमा उनीहरू सकारात्मक देखिनेछन् । रमणीय र सुखद यात्राको योग रहेको छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । सामाजिक सम्बन्ध सुदृढ हुनेछ । साताको अन्त्यमा पठनपाठनमा देखिएका बाध हट्दै जानेछन्  ।