
गोरखाको बारपाक केन्द्रविन्दु गएर ७.६ म्याग्निच्युडको भूकम्प गएको शुक्रबार १० वर्ष पुगेको छ । तर, यो भूकम्पका परकम्प अझै गइरहेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार यो अवधिमा बारपाक भूकम्पका मात्र ५५ हजारभन्दा धेरै परकम्प गएका छन् ।
जसमा चार म्याग्निच्युडभन्दा माथिका मात्र ६०२ वटा छन् । ‘परकम्प कहिलेसम्म जान्छ भनेर अवधि हुँदैन,’ कोइरालाले भने, ‘१२ वैशाख ०७२ मा गएको ७.६ म्याग्निच्युडभन्दा अघि एक दिनमा जुन अवधि र दरमा भूकम्प जान्थे, त्यही अवस्थामा नफर्किएसम्म परकम्प नै भनिन्छ ।’ तर, परकम्पका लागि भूकम्प गएको क्षेत्र आसपास हुनुपर्छ ।
विशेषगरी गोरखादेखि दोलखासम्मको क्षेत्रमा परकम्प गइरहेका छन् ।